पोखरामा जीपको ठक्करबाट स्कुटर चालक गुरुङको मृत्यु, गिरी घाइते
पाेखरा | असार २१, २०८०
पोखरा: पोखरा महानगरपालिका १४ पृथ्वीराजमार्गस्थित चाउथेमा बोलेरो जीपले स्कुटरलाई ठक्करलाई दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
औद्योगिक क्षेत्रबाट विजयपुरतर्फ आउँदै गरेको ग ८ प ५८३८ नम्बरको स्कुटरलाई सोही दिशाबाट नै आउँदै गरेको ग २ च ३१७९ नम्बरको बोलेरो जीपले ठक्कर दिदा स्कुटर चालक प्रञ्वल गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । स्कुटरको पछाडि सवार विमल गिरीको अहिले उपचार भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
आज बिहान ४ः४५ को समयमा पृथ्वीराजमार्गस्थित चाउथेमा बोलेरो जीपले स्कुटरलाई ठक्कर दिदा गम्भिर घाइते भएको स्कुटर चालक ३४ वर्षीय गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान (५ः११)को समयमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।
उनका अनुसार स्कुटरमा सवार २७ वर्षीय गिरीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । वडा प्रहरी कार्यालय रामबजारले दुर्घटनापछि जीपसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...
पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...

